टप खबर

सेनाले भ​न्यो पृथ्वीनारायणको तस्बिर राजनीतिक प्रयोग होइन, एकताको सन्देश हो

Lumbinikhabar Online

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाका तर्फबाट सार्वजनिक गरिएको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर भएको आलोचनाप्रति नेपाली सेनाले स्पष्ट प्रतिक्रिया दिएको छ।

जङ्गी अड्डाले सार्वजनिक एक गरेको लेखमा पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता तथा राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गरिएको छ।

प्रधान सेनापति अशोक सिग्देलले सन्देश जारी गर्दा पृथ्वीनारायणको तस्बिर प्रयोग गरेको विषयलाई कुनै राजनीतिक सन्देशका रूपमा व्याख्या गर्नु गलत भएको जंगी अड्डाले जनाएको छ।

सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह कुनै पनि तन्त्र वा राजनीतिक वादभन्दा माथि रहेको ऐतिहासिक सत्य भएको बताएको छ।

Tags

छुटाउनु भयो कि ?