टप खबर

आफू पार्टी विभाजनको पक्षमा नरहेको शशांक कोइरालाको स्पष्टीकरण

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताए। उनले समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक हुने धारणा राखे।

आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले अदालतबाट विपक्षमा निर्णय आए पनि सबै पक्षबीच छलफल गरेर पार्टीको आगामी नीति तय गरिने बताए।

नेता कोइरालाले पार्टीको आगामी महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे। परिस्थिति सोचेअनुरूप अघि नबढेमा सम्बन्धित पक्षसँग थप छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ थियो।

Tags

छुटाउनु भयो कि ?