News in Nepali

सम्पर्क बिहिन तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा जलिरहेको अवस्थामा फेला

Lumbinikhabar Online

आइतबार विहान पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा जलिरहेको अवस्थामा फेला परेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए ।

आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको थियो। जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?