कोभिड-१९

काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण

Lumbinikhabar Online

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती ‘सिल’ गरेको छ । कामपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएकोे जानकारी दिनुभयो । बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ । वडाध्यक्ष सापकोटाले केही दिनसम्म टोल, बस्ती र बजार नै सिल गरी कोरोना नियन्त्रणको प्रयास अगाडि बढाएको जानकारी दिनुुभयो । त्यस्तै वडा कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले स्थानीय तहसँगको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य भइरहेको जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?