News in Nepali

तेस्रो पटक एकदमै दुख्ने गरि समातेपछी थप्पड हाने : मिरुना मगर

Lumbinikhabar Online

नायिका मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको र आफूले त्यो सहनै नसकेको कारण प्रतिकारमा उत्रिएको बताएकी छन् । एक संचार माध्यम संगको कुराकानीमा उनले एस्तो बताएकी हुन ।

उनले भनेकी छन् , ‘कार्यक्रममा धेरै भिड थियो । म प्यानहरूसँग सेल्फी खिचिरहेको थिए । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि । यो मैले पनि बुझेकी छु’ उनले भनिन् ‘म अगाडि फर्किएर फोटो खिच्दै थिए । पछाडि कसैले देब्रे साइडमा चिमोटेको फिल गरे । भिडमा त्यतिकै महसुस भएको होला भनेर केही हच्किए । एक पटक भयो होइन होला भनेर केही पर सरे, अर्को पटक फेरि त्यस्तै अलि बढी भयो । फेरि होइन, सार्वजनिक ठाउँमा यस्तो हुँदैन भन्ने सोचेर अलिकति सरे’ मगरले अगाडि भनिन् ‘तेस्रो पटक एकदमै दुख्ने गरेर पक्रिएपछि प्रतिकारमा उत्रिएको हो ।’ प्रतिकारको सुरुमै आफूले एक थप्पड हानेको उनले सुनाइन् ।
थप्पड हानेपछि उनलाई भिक्षुकको भेषमा देख्दा झन् रिस उठेको र प्रहरिको जिम्मा लगाएको उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?