खेलकुद

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकप

Lumbinikhabar Online

फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ।

सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो।

यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ।

अमेरिकाको न्युयोर्कस्थि न्युजर्सी स्टेडियममा अर्जेन्टिनामाथि १–० को संर्घषपूर्ण जित निकाल्दै स्पेन च्याम्पियन बनेको हो। स्पेनले सन् २०१० पछि विश्वकपको उपाधि जितेको थियो।

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने मौका गुमायो। अर्जेन्टिना सन् १९७८, १९८६ र २०२२ मा च्याम्पियन बनेको थियो।

फाइनलमा स्पेनसँग पराजित हुँदा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी गोल्डेन बुटको दौडबाट बाहिरिए।

Tags

छुटाउनु भयो कि ?