टप खबर

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

Lumbinikhabar Online

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल २५ दिनपछि थुनामुक्त हुनुभएकाे छ।

विशेष अदालतले शुक्रबार उपाध्यक्ष पाैडेललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । उहाँलाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेकाे समयमा उहाँ अनायास पक्राउ पर्नुभएकाे थियाे । उहाँलाई हायस गाडीमा हालेर काठमाडौं ल्याइएको थियो ।

उपाध्यक्ष पाैडेलको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले पनि उहाँको पक्षमा निर्णय आएकाे थिएन । महान्यायाधिवक्ता कार्यालयले मुद्दा हालेपछिको थुनछेक बहसमा अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छोडिदिएको छ ।

अदालतको आदेश लगत्तै यहि साउन २८ गतेको तारेख बुझेर उपाध्यक्ष पाैडेल घरमा जानुभएकाे हाे। उहाँलाई लिन परिवारका एक सदस्य र एमालेका नेता विष्णु रिजाल आएका थिए ।

Tags

छुटाउनु भयो कि ?