टप खबर

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियाे 

Lumbinikhabar Online

जसपा नेपालले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने 

बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

साउन १२ गते दुई वर्षदेखि सत्ता साझेदार रहेको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले अन्य दलको समर्थन जुटाएर विश्वासको मत लिन लागेका हुन्।

यसैबीच, जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ।

आफ्ना पार्टीका सांसदहरूलाई जसपा नेपालले विश्वासकाे मत लिन लागेका मुख्यमन्त्री आचार्यकाे विपक्षमा मतदान गर्न निर्देशन दिएको जसपा नेपाल, लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले जानकारी दिइन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ७ वटै प्रदेशमा सत्ता गठबन्धन गर्ने गरी सहमति भएपछि तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसले प्रदेशका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।

Tags

छुटाउनु भयो कि ?