टप खबर

एमाले महाधिवेशन: विद्युतीय मतदान हुने, दुई घण्टा भित्र आउँछ परिणाम

Lumbinikhabar Online

नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ । उम्मेदवारको फाइनल सूची तयार गर्न समय लागेकाले मतदान दिउँसो ४ बजेसम्मका लागि सरेको हो ।

एमालेले विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको हो। विद्युतीय उपकरणमा उम्मेदवारको फोटोसहितको नाम दर्ता गर्न समय लाग्ने भएपछि दिउँसो १ बजेका लागि भनिएको मतदानको समय ४ बजेका लागि सरेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ ।

नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन गराउने मेसिन तयार पारेका प्राविधिकलाई मंगलबार बिहानका राति १ बजे मात्र आयोगले उम्मेदवारको फाइनल सूची दिएको थियो ।

एमाले महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गराउने जिम्मेवारी रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालोट सोलुसनले पाएको छ ।

Tags

छुटाउनु भयो कि ?