टप खबर

एमाले महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिने

Lumbinikhabar Online

नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै केन्द्रीय कमिटी चयन गर्ने भएको छ।

शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पौने पाँच घण्टा लामो सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

ज्ञवालीका अनुसार महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिने बताएका छन् ।

ज्ञवालीका अनुसार यो महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने भएको छ। ज्ञवालीले १०८ जना मनोनीतको नामवाली पनि पारित भएको बताएका छन् । उक्त सूची शनिबार सार्वजनिक गरिने भनएको छ।

Tags

छुटाउनु भयो कि ?