टप खबर

दाङमा बस दुर्घटना: २२ जना घाइते

Lumbinikhabar Online

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेल्धुराबाट काठमाडौंका लागि गुडेको ना८ख ७४५५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको हो ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार बस आज बिहान पुलबाट खोलामा खसेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ । बसमा ३८ यात्रु सवार थिए ।

Tags

छुटाउनु भयो कि ?