टप खबर

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

Lumbinikhabar Online

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन बिहीबार आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘आदेश प्राप्त भएको मितिले वाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु।’

यससँगै सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको कारण पनि माग गरेको छ। आदेशमा भनिएको छ, ‘महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु।”

प्रसाईंका छोरा निराजन प्रसाईंले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमा गैरकानूनी थुनामा राखिएकोले तत्काल रिहाइ गर्न माग गरिएको थियो।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु-याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले सोमबार राति पक्राउ गरेको थियो।

Tags

छुटाउनु भयो कि ?