टप खबर

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारको पत्राचार

Lumbinikhabar Online

सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको छ।

मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्ने सम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ। पुनर्निर्माण लगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले जनाएको छ।

सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय समिति गठन गरेको थियो।

Tags

छुटाउनु भयो कि ?