टप खबर

आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप

Lumbinikhabar Online

निर्वाचन आयोगले आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप भएको छ । मतदाता नामावली दर्ता गराउने चाप बढिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नाम दर्ता अवधि थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेबमोजिम आयोगले नाम दर्ता गराउने अवधि थप गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको थियो । यसले गर्दा राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औंठा छाप र तस्वीर) विवरण दिनु नपर्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको चाप अत्यधिक देखिएकाले म्याद थप गरिएको हो ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गर्नुभयो । सो विषय पनि समाधान गर्दै अघि बढिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिनुभयो । आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पुगेकाहरूले हैरानी खेपिरहेका छन् । आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न पुगेकाहरू लामो समयदेखि लाइनमा बस्न बाध्य भएकोे स्थिति थियो ।

Tags

छुटाउनु भयो कि ?