टप खबर

सिंहदरबारको पुननिर्माण दुई महिनापछि सुरु गरिने

Lumbinikhabar Online

अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिएका हुन् । उनले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिव सय अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए ।

जेन जी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए । मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरि हुलाकी, मध्यपहाडी लोकमार्ग, बीपी राजमार्ग लगायतका  रणनीतिका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे ।

जेन-जी आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको बताए ।

Tags

छुटाउनु भयो कि ?