मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।
अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको ठूलो दलको हैसियतमा सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्री पदमा शपथ खुवाएकी हुन् ।

