टप खबर

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच कात्तिक २० गते एकता हुने

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ।

आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुनेछ भने २० गते एकता प्रक्रियासम्बन्धी संयुक्त बैठक बस्नेछ।

नेकपा (एकीकृत समाजवादी) सहित एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा हुनेछ।

Tags

छुटाउनु भयो कि ?