सरकारले सबै जिल्ला कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर सम्भावित भारी वर्षाका कारण कार्यालय प्रमुखहरूलाई उच्च सतर्क अवस्थामा रहन भनेको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेकाले कार्यालय प्रमुखहरू तत्काल जिम्मेवारीमा फर्कनु पर्ने भनेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले आफ्ना मातहतका सबै जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ सम्म अनिवार्य कार्यस्थलमा उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

