टप खबर

आज दशैँको टीकाको दोस्रो दिन, टीका र​ ज​म​रा ल​गाइदै

Lumbinikhabar Online

विजयादशमीको मुख्य दिन टीका लगाउन नपाएका नेपालीहरूले आज आश्विन शुक्ल एकादशीका दिन पनि टीका र जमरा लगाइरहेका छन्।

नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन रहेको संस्कृतिविद् वेदमणि भट्टराईले बताए। पूर्वी र मध्य नेपालमा पूर्णिमासम्म टीका लगाउने परम्परा कायम छ भने पश्चिम नेपालमा दशमीको भोलिपल्टसम्म मात्र टीका लगाउने चलन रहेको छ।

यसै दिन पापाङ्कुशा एकादशी पनि मनाइँदैछ। व्रत बसे विगतका पापहरू क्षमा हुने धार्मिक विश्वास छ।

Tags

छुटाउनु भयो कि ?