टप खबर

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक विशाल पहिरो

Lumbinikhabar Online

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको छ।

सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडकमा थुप्रिएको हो ।

यसअघिभन्दा विशाल पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अनिश्चितकाललाई बन्द भएको स्थलगत रिपोर्टिङमा रहेका पत्रकार विनोद श्रेष्ठले बताएका छन् ।

एक सातादेखि उक्त स्थानमा लगातार पहिरो झरिरहेको थियो । तर सडक विभागले निरन्तर पन्छाएर घरी एकतर्फी, घरी दुईतर्फी यातायात खुलाएको थियो ।

तर मंगलबार अपरान्ह उक्त स्थानमा पहाड नै पल्टिएर सडकमा थुप्रिएको छ। डोजर लगाएर यसअघि खसेको ढुंगामाटोको थुप्रो पन्छाइरहेका बेला खसेको पहिरो एकदमै ठूलो रहेको उनले बताए । उक्त पहिरो तत्काल पन्छाउन असम्भव भएपछि अनिश्चितकाललाई यातायात बन्द भएको हो ।

Tags

छुटाउनु भयो कि ?