टप खबर

सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न ग​र्यो तीन सदस्यीय आयोग गठन

Lumbinikhabar Online

सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले यसबारे गत आइतबारको मन्त्रिपरिषद्को बैठकमै सैद्धान्तिक निर्णय गरिसकेको थियो त्यसकै आधारमा जाँचबुझ आयोग बनाइएको हो ।

जाँचबुझ आयोग ऐन अन्तर्गत गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । अर्यालका अनुसार यस आयोगको कार्यावधि तीन महिनाको छ ।

विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले यसबारे गत आइतबारको मन्त्रिपरिषद्को बैठकमै सैद्धान्तिक निर्णय गरिसकेको थियो त्यसकै आधारमा जाँचबुझ आयोग बनाइएको हो ।

जाँचबुझ आयोग ऐन अन्तर्गत गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । अर्यालका अनुसार यस आयोगको कार्यावधि तीन महिनाको छ ।

Tags

छुटाउनु भयो कि ?