टप खबर

स्वास्थ्य मन्त्रालय अन्त​र्ग​त सरुवा र काज सम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

मन्त्रालयले एक सुचना जारी भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले अत्यावश्यक बाहेक अन्य प्रशासनिक प्रक्रिया अघि नबढाइने जानकारी गराएको छ ।

‘यसबाट पर्न जाने असुविधाप्रति मन्त्रालय क्षमा चाहन्छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

Tags

छुटाउनु भयो कि ?