टप खबर

जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाएका व्य​क्तीको प​रिवार लाइ १५ लाख दीइने

Lumbinikhabar Online

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १५ लाख दिने भएको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्‍याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए । त्यसका लागि हेलिकप्टरसहितका साधन उपलब्ध गराइने भएको छ ।

Tags

छुटाउनु भयो कि ?