टप खबर

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा दिने

Lumbinikhabar Online

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक परेको सेवा दिने जानकारी दिएको छ  ।

जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको जानकरी गराएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्ववत रुपमा सेवा सञ्चालन नहुँदासम्म निम्न बमोजिमका सेवा दिने बताएको छ ।

  • मिति २०८२/०५/०६ अगाडी राहदानीको लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि यस कार्यालयमा मिति २०८२/०५/३१ देखि सम्पर्क गर्नुहुन ।
  • शान्ति सुरक्षा सम्बन्धी सेवाहरु यस कार्यालयबाट नियमित रुपमा संचालन हुने ।
  • राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाको लागि नारायणहिटी दरवारमा रहेको सेवा इकाईबाट सेवा लिनुहुन ।
  • राहदानी सम्बन्धी अत्यावश्यक सेवाको लागि राहदानी विभाग, त्रिपुरेश्वरबाट सेवा लिनुहुन ।
  • उल्लिखित सेवा बाहेक अन्य सेवा प्रवाहको लागि भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिने ।
  • सेवा प्रवाह सम्बन्धी थप जानकारीको लागि यस कार्यालयबाट नियमित रुपमा सूचना प्रकाशन गरी जानकारी गराईने ।

Tags

छुटाउनु भयो कि ?