टप खबर

जेन-जी प्र​द​र्श​न​: ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

Lumbinikhabar Online

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।  प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो  जानकारी दिएका हुन्।

मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो।

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ। त्यस्तै मृतकका परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको छ। आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ।

मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?