प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा मोहनचन्द्र रेग्मीले जानकारी दिइन् ।
घाइतेहरुले कार्कीलाई पहिलो महिला प्रधानमन्त्री भएर जसरी इतिहासमा नाम लिएको छ, त्यसै गरी जेनजीको भावनाअनुसार काम गरी अर्को इतिहास रच्न शुभकामना दिए।
घाइतेले भने, ‘तीन करोड नेपालीको आमा र अभिभावकका रुपमा काम गर्नुहोला।’
कार्कीले भनिन्, ‘तपाईँ पनि मेरो छोरा हो।
अस्पतालपछि उनी प्रदर्शनकारीले ध्वस्त पारेका प्रहरी कार्यालय र घाइते प्रहरीलाई भेट्न प्रहरी अस्पताल पुगेकी थिइन्।

