टप खबर

रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्: जेन–जी युवाहरूलाई प्रधान सेनापतिको सुझाब

Lumbinikhabar Online

जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न भनेको खुलासा भएको छ ।

जेन–जी पुस्ताका तर्फबाट बुधबारमात्रै प्रधान सेनापति सिग्देलसँग छलफलमा बसेकामध्येकी एकजना रक्षा बमले जेन–जीका प्रतिनिधिहरूलाई रास्वपा र प्रसाईंसँग वार्तामा बस्न भनेको खुलासा गरेकी हुन् ।

उनले बिहीबार आफूहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न बोलाएर प्रधान सेनापति सिग्देलले उक्त प्रस्ताव गरेको जानकारी दिएकी छन् ।

रक्षाले प्रधान सेनापति सिग्देलको प्रस्ताव अस्वीकार गरेर आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको पनि बताएकी छन् । उनले अब प्रदर्शनकारी जेन–जी समूहसँग छलफलको तयारी भइरहेको पनि जानकारी दिइन् ।

Tags

छुटाउनु भयो कि ?