सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो ।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए ।
विदेशी कम्पनीहरुले नेपाललाई हेपेको बताउँदै ओलीले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने र नागरिकले पनि यो कुरा बुझ्नुपर्ने बताएका थिए । यसै विषयलाई लिएर कांग्रेसका केही मन्त्रीहरुले ओलीसँग विवादसमेत गरेका थिए ।
बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘सामाजिक सञ्जाल शुरु भइसक्यो ।’

