राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले ‘जेन जी’ पुस्ताको प्रदर्शनमा भएको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाले मात्र नपुग्ने बताएका छन्। उनले दुवैलाई तत्काल पक्राउ गरी नरसंहारको मुद्दामा जेल हाल्नुपर्ने माग गरे।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले लेखेका छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनु पर्छ।’
प्रदर्शनमा प्रहरी दमनबाट युवाहरूको मृत्यु भएपछि आक्रोशित हुँदै शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अबको आन्दोलनको नेतृत्व लिन समेत आह्वान गरे।

