टप खबर

जेनजीको प्रदर्शनमा मृ’त्यु हुनेको संख्या १४ पुग्यो

Lumbinikhabar Online

जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकाहरू रहेका छन् । ट्रमा सेन्टरमा मात्रै उपचारका लागि लगिएकामध्ये ६ जनाले ज्यान गुमाएका छन् ।

Tags

छुटाउनु भयो कि ?