टप खबर

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति

Lumbinikhabar Online

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको सूचनाको हक प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।’

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा आफूहरू रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रभावित हुने गरी कुनै पनि माध्यम नियन्त्रण गर्ने कदमलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

महासंघले नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सरकारसँग माग गरेको छ।

Tags

छुटाउनु भयो कि ?