एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका छन्।
ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन्।
अध्यक्ष निरौलाले ओलीले दिएको प्रशिक्षणको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। प्रशिक्षणको संयोजन भने नेता रामेश्वर फुँयालले गरेका थिए।
अध्यक्ष निरौलाका अनुसार प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताएका छन्। उनले प्रशिक्षणमा ओलीले भनेका विषयलाई ४८ बुँदामा समेटेर सार्वजनिक गरेका छन्।
प्रशिक्षणका क्रममा ओलीले केही नेताले भण्डारीको फोटो राखेर धन्दा गरेको भन्दै आक्रोससमेत व्यक्त गरेका छन्। विद्या भण्डारीले आफ्नो पार्टी सदस्यता च्यासलले सदस्यता खायो भन्ने गरे पनि त्यो सत्य नभएको ओलीको भनाई छ।

