प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज भैरहेको गुनासो गरेका छन् ।
११ औं विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई शनिवार ललितपुरमास म्बोधन गर्दै ओलीले केही तत्वहरु मिसनका साथ गालीगलौजमा उत्रिएको बताएका हुन् । तर आफूले कसैप्रति वैरभाव नराखेको उनले बताए ।
‘म कसैप्रति वैरभाव केही रााख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । मिसन छ । म बुझ्छु त्यो कुरा । माया लाग्छ गाली गर्नेहरुप्रति । तर म प्रसन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ । त्यत्तिमात्रै कुरा हो । मेरो बुँता भन्दा बाहिरको कुरा हो सायद । म कतिलाई बुझाउनसक्छु, भेट्न सक्छु सबैलाई बुझाउन सक्दिन । ’ओलीले भने । मिसन चलाउनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने उनले टिप्पणी गरे ।
यदि योगको संगतमा आए भने तपाईंहरुको संगतमा आए भने ति मान्छेहरु पनि मान्छे हुन्छन् । तपाईंहरुले कसैलाई मुख छोड्दै गाली गर्दै हिँड्नुभएको छ रु हिँड्नुहुन्न । किनभने तपाईंहरु योग, ध्यान, प्राणयाम गर्नुहुन्छ । योग भनेको चित्तानुशासनम हो ।’ उनले भने । फूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताउनु भयो ।

