टप खबर

अत्यधिक गर्मी नघटेपछि वीरगन्जमा पुनः ६ दिन विद्यालय बन्द

Lumbinikhabar Online

वीरगन्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः ६ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

वीरगन्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए।

Tags

छुटाउनु भयो कि ?