टप खबर

सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय: प्रचण्ड

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।

प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए।

उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले यसको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् ।

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए ।

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केही प्रश्न उठे पनि त्यसको समाधानसमेत रहेको बताए ।

बैठकले संघीय संस्दका साथै सातै प्रदेशका संसद्हरूमा माओवादीले शसक्त भूमिकासहित जनताका समस्या उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे ।

त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने उनले जानकारी दिए । बैठकमा ‘जनतासँग माओवादी अभियान’को प्रारम्भिक समीक्षा भएको छ ।

झापा देखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको उनले बताए । हाललाई स्थगित अभियान अर्को महिना पुन सुरू गर्ने माओवादीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?