टप खबर

सचिव नियुक्तिमा स्वास्थ्यमन्त्रीलाई जस–अपजस दिने ठाउँ छैन: स्वास्थ्यमन्त्री प्रदीप पौडेल

Lumbinikhabar Online

सचिव नियुक्तिमा स्वास्थ्यमन्त्रीलाई जस–अपजस दिने ठाउँ छैन :  स्वास्थ्यमन्त्री प्रदीप पौडेल

प्रशासनका जानकार भन्छन् : सचिव नियुक्ति मन्त्रिपरिषद्ले गरेको हो, सिफारिश तीन जनामध्ये एक जना छान्नु अनौठो होइन

काठमाडौँ: सरकारले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्ति गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्ति दिएको हो ।

नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. संगीता कौशल मिश्रा, डा. देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । त्यही सिफारिसलाई सामान्य प्रशासन मन्त्रालयले बुधबारको मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । सोहीे सिफारिशमध्येबाट डा. देवकाटालाई सचिवमा नियुक्ति गरेको हो  ।

कसरी नियुक्त हुन्छन् स्वास्थ्य सचिव ?

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १९ मा सचिव नियुक्ति सम्बन्धी व्यवस्था छ, जसमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेका कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ ।

यसरी यो ऐनको प्रावधान हेर्दा, सिफारिश भएका तीनै जना सचिव नियुक्तिका लागि समान रुपमा योग्य छन् । देवकोटा २०५३ र बाराकोटी २०५६ मा सरकारी सेवामा प्रवेश गरेका हुन् भने २०५७ मा स्वास्थ्य सेवा प्रवेश गरेकी मिश्रा बीचमा ‘ग्याप’ गरेर पुनः २०७० मा सरकारी सेवामा फर्किएकी थिइन् ।

तीन जना समानमध्ये एक जना छान्नु अनौठो होइन : प्रशासन विज्ञ

बढुवा समितिको सिफारिस र सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्ने हुनाले त्यसमा स्वास्थ्यमन्त्रीलाई आरोप लगाउने कुनै ठाउँ नभएको प्रशासन क्षेत्रका जानकारहरु बताउँछन् । एक विज्ञले भने, नियुक्ति भएका देवकोटा, हुन नसकेका बराकोटी र मिश्रा तीन जनाबाट एक जना त बनाएको हो, बाहिरबाट बनाएको जसरी हल्ला गर्नु अपरिपक्वता हो, झन् मन्त्रीलाई दोष दिनु केटाकेटीपन् हो । तीन जनामध्ये एक जना छान्नु अनौठो होइन’


सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्‍यो, यसमा स्वास्थ्यमन्त्रीलाई जस–अपजस दिने ठाउँ छैन : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बढुवा समितिको सिफारिस र सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्ने हुनाले त्यसमा आफ्नो कुनै भूमिका नभएको बताएाका छन्  । उनले भने, ‘सचिव नियुक्तिमा स्वास्थ्यमन्त्रीको कुनै भूमिका रहँदैन, ‘बढुवा समितिले सिफारिस गर्‍यो, सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लग्यो र मन्त्रिपरिषद्ले निर्णय गर्‍यो, यसमा स्वास्थ्यमन्त्रीलाई जस–अपजस दिने ठाउँ छैन ।’

यसैबीच, सचिव बन्न नसकेकी अतिरिक्त सचिवमा कार्यरत मिश्राले आफू कनिष्ठलाई सचिव बनाइएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । गत फागुन ११गते तत्कालिन सचिव डा. रोशन पोखरेल उमेरहदका कारण अवकाशमा गएकाले सचिव नियुक्ति गरिएको हो ।

प्रधानमन्त्री ओली मिश्राप्रति थिएनन् पोजेटिभ

स्वास्थ्य सेवा विभागमा पूर्वमहानिर्देशकसमेत रहेकी डा. मिश्राप्रति प्रधानमन्त्री केपी शर्मा ओली समेत कन्भिस थिएनन् ।

मिश्राले मन्त्रालय, विभागको समन्वयमा बेवास्ता गर्ने गरेको भन्दै स्वास्थ्यका कर्मचारीले नै गुनासो गर्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । ‘उहाँको विषयमा समकक्षीको गम्भीर गुनासो थियो, त्यस्तै कनिष्ठ कर्मचारीहरूले पनि गुनासो गरेका थिए, त्यसैका आधारमा प्रधानमन्त्रीले अर्को प्रतिस्पर्धीलाई छान्नुभएको हो ’ ती अधिकारीले भने ।

Tags

छुटाउनु भयो कि ?