आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले चार विकेट गुमाएर ४५ बल बाँकी रहँदै भेट्टायो ।
भारतका लागि विराट कोहलीले शतक बनाए । १११ बलको सामना गरेका उनले ७ चौकाको मदतमा अविजित एक सय रन बनाए । त्यस्तै श्रेयस अय्यरले ५६, शुभमन गिलले ४६ रन बनाउँदा कप्तान रोहित शर्मा २० रनमा आउट भए ।
पाकिस्तानका लागि शाहिन अफ्रिदीले दुई तथा अबरार अहमद र खुशदिल शाहले एक एक विकेट लिए ।