टप खबर

स्थानीय बासिन्दा पाथीभरामा केबलकार निर्माणका पक्षमा छन: मेयर र वडाध्यक्षहरू

Lumbinikhabar Online

पाथीभरा केबलकार बन्न लागेको स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबै जनप्रतिनिधिले स्थानीय कोही पनि केबलकारको विपक्षमा नरहेको भन्दै आन्दोलन गर्नेहरूका कारण राजनीतिकरण भएको बताएका छन् ।

मेयर अमिर मादेन र ७ वटै वडाका वडाध्यक्षले सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाका मेयर आन्दोलनकारीमाथि प्रश्न उठाएका हुन् । उनीहरुले वार्ताबाट नभाग्न आग्रह गर्दै सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस सहभागी भएकोमा असन्तुष्टि जनाएका छन् । बाहिरका मान्छे वार्तामा सहभागी हुँदा वार्ता सफल नभएको उनीहरुको निष्कर्ष छ ।

मेयर मादेनले वार्ता भाँडिएको भन्ने विषयले आफूलाई चिन्तित बनाएको बताउँदै भने, ‘तपाईंहरू समाधान निकाल्ने ठाउँमा पुग्नु भएको छ, वार्ताबाट नभाग्नुहोस्, समाधान निकालेर फर्कनु होस् ।’

स्थानीय तहलाई केबलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको मेयरले प्रयोग गरेको भन्दै मेयर मादेनले आफूले भने त्यसको नवीकरण गरिदिएको बताए । उनले केबलकारको विषयमा राजनीति मिसिएको टिप्पणी गर्दै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने समेत बताए ।

पत्रकार सम्मेलनमा उपस्थित केबलकार आयोजना प्रभावित क्षेत्रका सबै वडाध्यक्षले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप भएको बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?