स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ ।