टप खबर

दबाब र भनसुनमा न​प​रेर​ अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री ओलीको आग्रह

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव परिसरमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढंगले चले सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पारे ।

प्रहरीलाई अनावश्यकरुपमा त्रसित नभएर न्याय स्थापनामा दृढ ढंगले अगाडि बढ्न प्रधानमन्त्रीको आग्रह थियो ।

‘तपाईँहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शिरमा राखेर काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरी लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्र–भित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे ।

२०७७ जेठ ११ गते शिलान्यास भएको प्याभिलियन ७५ करोड ८७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको बताइएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को पनि विमोचन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?