टप खबर

वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत

Lumbinikhabar Online

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनुभएको छ ।

सोमवार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कामहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताउनुभयो । उहाँले सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘हामी तपाईंहरुको आशिर्वाद पाएर, तपाईंको अमूल्य मत पाएर सर्वोच्च जनप्रतिनिधि संस्था, संसदमा पुगेका राजनीतिकर्मीहरुले यहाँहरुको सेवामा आजीवन समर्पित हुनुपर्छ । सरकारमा रहँदा होस्, नरहँदा होस् । निर्णय गर्न पाउने बेलामा होस्, निर्णय गर्नका निम्ति दबाब दिने बेलामा होस् । हर कुनै बेलामा यहाँहरुको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने अनुभुति मनमा अमिट रुपमा म आफैँले पनि साँचेको छु ।’

Tags

छुटाउनु भयो कि ?