अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।
तथ्यांकअनुसार जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, अन्य एशियाली मुलुकबाट २० हजार ३९१, युरोपियन मुलुकबाट १० हजार ३६७ र अमेरिकन मुलुकबाट ९ हजार ६३७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
त्यस्तै, सो अवधिमा मध्यपूर्वबाट ६८५, अफ्रिकाबाट २९२ र अष्ट्रेलिया र न्यूजिल्यान्डबाट ४ हजार ५८१ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
अघिल्लो वर्षको जनवरीमा ७९ हजार १ सय जना पर्यटक नेपाल घुम्न आएका थिए भने कोरोना महामारीको पूर्व सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।