टप खबर

पार्टीको १५औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने गगन थापाको दाबी

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री पार्टीको १५औं महाधिवेशन २०८४ को चुनाव अगावै गर्नै पर्ने र हुने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने दाबी समेत गरे ।

संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्नेमा उनले जोड दिए । ‘२०८४ को स्थानीय चुनाव,आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरिकन पाइँदैपाइँदैन । त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ,’ थापाले भने, ‘अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ ।’

महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिए । समयमै गर्ने गरी आफूहरूले मेहनत गरिरहेको उनले बताए ।

केही नेताहरुको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भए पनि त्यसमा कन्फ्युज नहुन कार्यकर्तालाई आग्रह गरे ।

Tags

छुटाउनु भयो कि ?