त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।
पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढ्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल गत कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा हुनेछ । तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएको छ ।
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने बताइएको छ ।