टप खबर

अध्यादेशको नाममा देश लुट्न खोजिएको छ​: एकीकृत समाजवादी पार्टी

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादी पार्टीले अध्यादेशको विरोध गर्ने जानकारी दिएको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा उत्रिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

‘सरकारले अध्यादेशको नाममा देश लुट्न खोजेको छ । हामी अध्यादेशको विरोधमा उत्रिन्छौं । हेर्न चाहिँ अध्यादेशजस्तो बनाइएको छ । तर, देश लुट्न खोजेको छ,’ उनले भने ।

उनले सरकारले जंगल र निकुञ्जको जग्गा व्यक्तिलाई बाँड्ने षड्यन्त्र गरेर अध्यादेश ल्याएको आरोप लगाए । ‘सरकार मुठ्ठीभर व्यापारीका लागि लागिपरेको छ। महँगी बढाएर जनताको ढाड सेक्ने काम गरेको छ । जंगलका जग्गा जमिन उद्योगलाई दिने खेल भइरहेको छ,’ उनले भने । उनले सिमेन्टको उदाहरण दिँदै सरकारले ५ सय पर्ने सिमेन्टको मूल्य ८५० बनाएको आरोप लगाए ।

Tags

छुटाउनु भयो कि ?