टप खबर

सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको हो: सञ्चारमन्त्री गुरुङ

Lumbinikhabar Online

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताएका छन् ।

 

नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ती पर्वको उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राखे ।

 

गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन छ वर्षभन्दा बढी समय लाग्ने गरेको बताए ।

 

‘यसरी कानुनी प्रक्रियामै अल्झिँदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो’, उनले भने, ‘त्यसै कारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।’

Tags

छुटाउनु भयो कि ?