परराष्ट्रमन्त्री आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन् ।
बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् । । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री राणाले जानकारी दिईन् ।
भ्रमणमा दुई देशको पारस्पारिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको उनले बताईन् ।
‘विभिन्न आयामहरुमा विगतका प्रधानमन्त्रीज्यु, परराष्ट्रमन्त्रीज्युहरुको भ्रमणमा भएका प्रोजेक्टहरुको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ । उहाँहरुले यसलाई पोजिटिभ्ली नै लिनुभयो । तपाईंहरुले पनि इन्टरनल होमवर्क गरेर आउनुस्, हामी पनि इन्टरनल होमवर्क गर्छौं कुनकुनमा सहयोग गर्ने हामी पनि छलफल गर्छौं भन्नुभयो ।
नेपालको तर्फबाट अहिले हामीले लोन लिनसक्ने अवस्थामा छैनौँ, हामी एकदमै ग्राण्ड तपाईंहरुबाट प्राप्त हुने आशामा छौं । भन्नेकुरा राख्यौँ । देशभित्रको परिस्थितिका कारण लोन लिनसक्ने परिस्थिति छैन भन्नेकुरा उहाँलाई स्पष्ट राखेँ । उहाँले यो कुरा राम्रोसँग सुनिदिनु भयो । अब आउने भ्रमणमा अझ कुराहरु अघि बढ्छ ।’ उनले भनिन् ।