टप खबर

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेन: प्रचण्ड

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भएपनि व्यवहारतः लागू हुन नसकेको जिकिर गर्नुभयो । उहाँले पटकपटकको प्राकृतिक प्रकोपले शिक्षा क्षेत्र प्रभावित हुने गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले संकटको परिस्थितिमा विद्यालयको पुनःनिर्माण, पुनःस्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरुमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस्ता क्रियाकलापहरुबाट नै निजी विद्यालयहरु केबल नाफा आर्जन गर्न मात्र नभइ सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उत्तिकै तत्पर छन् भन्ने मान्यता स्थापित हुने बताउनुभयो । उहाँले नेपालको शिक्षा विकासमा चुनौतिहरु रहेको बताउनुभयो ।

‘हामी कहाँ अहिलेसम्म पनि नेपाल राज्यले शिक्षालाई भन्न त हामीले भनेका छौँ तर व्यवहारमा शिक्षालाई हामीले त्यो प्राथमिकतामा राख्न अझै सकेका छैनौँ । हाम्रो बजेट व्यवस्थाले नै शिक्षालाई जतिसुकै ठूला कुरा गरेपनि सरकारले प्राथमिकतामा राख्न सकेको छैन । नेपालको शिक्षा विकासमा चुनौतिहरु पक्कै पनि छन् ।’ अध्यक्ष दाहालले भन्नुभयो ।

Tags

छुटाउनु भयो कि ?