टप खबर

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन हुन्छ: प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले अब छिट्टै पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने बताउनुभएको हो ।

 

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाई गर्ने अवस्था नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो । उहाँले आगामी महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने र त्यसबाट देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिको रुपमा स्थापित गराउने जिकिर पनि गर्नुभयो ।

 

प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रुपमा विकास गर्ने पनि बताउनुभयो । नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने उल्लेख गर्दै उहाँले त्यसका लागि अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको बाटो अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यकत पनि औंल्याउनुभयो ।

Tags

छुटाउनु भयो कि ?