टप खबर

केपी ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध नरहेको रघुवीर महासेठको दाबी

Lumbinikhabar Online

नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरेका हुन्।

‘बजार हल्ला छ- अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन महासेठले भने, अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन।’

Tags

छुटाउनु भयो कि ?